अमेरिका-गंभीर आरोपको सामना गरिरहेका अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी २०२४ को राष्टपतिय निर्वाचनमा भारी समर्थन मिलिरहेको छ ।
अमेरिकाको एउटा सर्वेक्षणमा ट्रम्पलाई अमेरिकी जनताको भारी समर्थन मिलेको देखिएको हो ।
हिजो अलबामामा एउटा रात्रीभोजमा ट्रम्पले आफु माथि लगाएका अभियोगको बढदो लिस्टले नै आफुलाई आफुलाई चुनावी अभियानमा ठुलो मदत पुगेको दाबी गरेका छन् । उनले आफुमाथि लगाएका आरोपहरु आफनो सम्मानको प्रतिक रहेको बताएका छन् । अहिले डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टिको तर्फबाट राष्टपतिको उम्मेदवारमा सबैभन्दा अगाडी देखिएका छन् । उनले हरेक पटक आफुमाथि जति अभियोग दायर गरिन्छ त्यतिनै आफु चुनावी अभियानमा अगाडी बढेको बताए । गएको मार्च यता ट्रम्प माथि तीन गंभीर आरोपहरु लागेका छन् । तर पनि उनी राष्टपतिय चुनावी अभियानमा निकै अगाडी देखिएका छन्

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected