अमेरिका-अमेरिकाको शिकागोको सडकमा भोकमरीको अवस्थामा अलपत्र भेटिएकी भारतीय छात्राको उद्धार भएको छ ।
शिकागो स्थित भारतीय वाणीज्य दुताबासले सैयदा जैदी नामकी ति छात्राको चिकित्सा सहायता संगै भारत फर्काउने पहल थालेको छ । मैले साता दिन अघि नै शिकागोको सडकमा भोकमरी अवस्था अलपत्र भेटिइन छात्रा भनेर समाचार प्रसारण समेत गरेको थिए ।

उनले भारतमा रहेकी आफनी आमा संग कुराकानी समेत गराइएको छ । भारतीय वाणिज्य दुताबासले उनलाई हर प्रकारको सहयोग दिन तयार रहेको छ । अब उनलाई भोकै सडकमा तडपनु नपर्ने शिकागो स्थित भारतीय वाणिज्य दुताबासले जनाएको छ ।

भारतको हैदरावादकी यी छात्रा २०२१ मा माष्टर डिग्री गर्न अमेरिका आएकी थिइन । उनी शिकागोको ट्राइन विश्वविद्यालयमा अध्ययनरत थिइन । पछिल्लो दुई महिनादेखि उनी घरपरिवार संगको सम्पर्कबाट टाढा थिइन । उनी मानसिक रुपले विक्षिप्त भएर सडकमा पुगेको बताइन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected