अमेरिका-अनलाइन सपिंगको जमाना छ , हामी प्राय अनलाइनबाट सामान मगाउछैा  अमेरिकामा । सामान अनलाइनबाट मगाएपछि घरमा आइपुग्छ । तर यहॅा सामान अनलाइनबाट अर्डर गरिएकै थिएन , घरमा सय भन्दा पार्सल डेलिभर भएको छ ।

भर्जिनिया राज्यको प्रिन्स बिलियन काउन्टीकी सिन्डी स्मिथ नामक यी महिलाले अनलाइनबाट केही सामान मगाएकी थिइनन । तर एमाजनबाट उनको घरमा सय भन्दा बढी पार्सल आउदा उनी अचम्ममा पर्नु स्वभाविक थियो । उक्त पार्सलमा हजारवटा हयान्ड लेम्प, ८ सय वटा ग्लुका साथ दर्जनौ जोडी दुरबीन रहेका थिए । उनले इ कर्मश कम्पनी एमाजनलाई यो बारेमा बताएपछि घटना बाहिर आएको हो ।
सबै आएका प्योकजमा उनकै नाम लेखिएको थियो ।

जबकी त्यो कुनै पनि सामान उनले मगाएकी थिइनन । एमाजनले यसरी गल्ती तवरले सामान पठाउने बिक्रेताको अकाउन्ट बन्द गरिदिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected