अमेरिका-अमेरिकाको इन्डियानामा घरमा आगलागी हुदा दुई जनाको जलेर ज्यान गएको छ भने एक जना गंभीर रुपले घाइते भएका छन् । उनलाई हेलिकप्टरद्धारा उद्धार गरि इन्डियाना पोलिस अस्पतालमा भर्ना गरिएको छ । मर्ने व्यक्तिको उमेर ९० वर्षको भएको बताइएको छ । समाचार अनुसार घाइते व्यक्तिलाई घरकै छेउमा फेला पारेपछि अस्पताल लगिएको हो ।
घटनास्थल इन्डियाना पोलिसबाट झन्डै ५४ माइल टाढा रहेको बताइएको छ । पश्चिम मध्य इन्डियाना क्षेत्रमा उक्त घटना भएको हो । मृतक मध्येका एक ९० वर्षिय व्यक्ति अमेरिकाको नेशनल कार्डका सेवानिवृत्त थिए उनी सधै बाच्ने चाहना राख्दै आएका व्यक्ति भएको बताइन्छ । स्थानिय सामुदायिक केन्द्रमा उनको शनिवार जन्मदिन मनाउने तयार भएको थियो तर उनको बिहानै घरमा आगलागी भएर ज्यान गएको बताइएको छ ।(
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...