अमेरिका-अमेरिकामा एक युवाको भाग्य रातारात चम्केको छ । क्यालिफोर्नियाका वाग चा नामका युवकले लिकर स्टोर बियर वाइनको पसलबाट स्याक्रज टिकटबाट एक मिलियन डलर जित्न पुगेका छन् ।
सुरुमा उनले ३० डलरको स्याक्रज गर्दा ५ सय डलर जिते । ५ सय डलर जितेपछि फेरि उनलाई अर्को टिकट किन्न मन लाग्यो र किने । उनले ५ सय डलर लोटरी किन्नमा खर्चिए । घरमा गएर विभिन्न २० वटा स्याक्रच टिकट कोटयाउदा उनले एउटा यस्तो पुरस्कार जितेका हुन ।
दोस्रो पटकमा उनलाई १ मिलियनको लोटरी लाग्यो । सुरुमा त उनलाई विश्वास नै लागेन । उनले फेरि त्यसलाई पक्का गर्न लोटरी एपमा गएर टिकट स्क्यान गरे । तब उनलाई पुर्व विश्वास भयो उनले १ मिलियन जितेको ।
पहिलो पटक यसरी यति ठुलो रकम जितेका उनले अरु लोटरी पनि किन्ने सोचमा पुगेका छन् ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















