फेसबुकका मालिक मार्क जुकरवर्ग र ट्ववीटरका मालिक इलन मस्क कुस्ती खेल्दै
अमेरिका-सोसल मिडिया प्लेटफर्मका दुई बादशाह फेसबुकका मार्क जुकरर्व र ट्वीटरका मालिक इलन मस्क बीच केज फाइट हुदैछ । यो फाइटको लाइभ स्ट्रीम पनि दिइनेछ र त्यो तपाईहरुले ट्वीटर अर्थात एक्स मा देख्न सक्नुहुनेछ । जुन कुराको खुलास मक्सले गरेका छन् । यो फाइटको च्यारिटीबाट हुने कमाइ दान गरिने बताइएको छ । अहिले मार्क र मक्स एक अर्कालाई पछार्ने होडमा जुटेका छन् । मेटाले हालै मात्रै ट्रवीटर अर्थात एक्सलाई टक्कर दिन थ्रेडस लन्च गरेको छ ।
यस अघि नै इलन मस्कले मार्क जुकरवर्गलाई केज फाइटका लागी चुनौती दिएका थिए । त्यसपछि मार्क जुकरवर्गले पनि मक्सलाई च्यालेन्ज दिदै इन्स्टाग्रामा लेखेका थिए सेन्ड मि द लोकेशन । यस पछि नै केज फाइटको हलचल सोसलमिडियामा मच्चिएको हो । तर अहिलेसम्म उनिहरुको केज फाइट कहिले हुने हो मिति निर्धारित छैन । यदि यो भयो भने लस भेगासमा हुने आशा गरिएको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...