आगेा निभाउन गएकेा हेलिकप्टर दुर्घटना, पाईलट सहित तीनकेा मुत्यु
अमेरिका-दक्षिण क्यालिफोर्नियामा आगो निभाउन गएको हेलिकप्टर दुर्घटनाग्रस्त बन्न पुगेको छ । क्यालिफोर्नियाको रिभरसाइड काउन्टीमा अगाो निभाउन जादा भएको उक्त दुर्घटनामा पाइलट सहित तीन जनाको ज्यान गएको छ । मुत्यु हुनेमा हेलिकप्टरका पाइलट तथा दुई अग्निी नियन्त्रक भएको बताइएको छ । घटना आइतबार साझ भएको हो ।
आगो निभाउन गएका दुई अग्नियिन्त्रक हेलिकप्टर आपसमा ठोक्किदा यस्तो दुर्घटना भएको बताइएको छ । आगो निभाउने काम भइरहेको बेला अचानक हेलिकप्टर दुर्घटना परेको थियो ।
दुर्घटनामा एउटा हेलिकप्टर सकुशल अवतरण भएपनि दोस्रो हेलिकप्टर दुर्घटनाग्रस्त हुन पुग्दा पाइलट सहित तीन जनाले ज्यान गुमाउन पुगेका छ्न । मृतकहरुको पहिचान भने खुलाइएको छैन । दुर्घटनाको राष्टिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...