बालक रेाएपछि आमाले दुधकेा बेात्तलमा रक्सी हालेर पिलाईन
अमेरिका-अमेरिकामा एक जना आमाले सिमा पार गरेकी छिन् । क्यालिफोर्नियामा घटेको घटनाले सबैलाई आश्चार्य बनाइदिएको छ । रोइरहेको आफनो नाबालकलाई चुप लगाउन भन्दै दुधको बोत्तलमा रक्सी हालेर पिलाइदिएकी छिन् । जसको कारण सात हप्ताको नाबालक नसामा डुब्न पुग्छन् । न्युयोर्क पोष्टको रिपोर्ट अनुसार क्यालिफोर्नियाको
लस एन्जल्सबाट ५५ माइल टाढा रहेको रियाल्टोमा ३७ वर्षिया अनेस्टी डेलेटोरे नामकी महिला ले आफनो बच्चालाई चुप लगाउन दुधको बोत्तलमा रक्सी हालेर पिलाएको आरोप लागेको हो । उनलाई बच्चालाई यस प्रकारको घृणित हर्कत गरेको आरोपमा कानुनी कार्वाही अगाडी बढाइएको छ ।
घटना स्थलमा सरकारी अधिकारी पुग्दा बच्चा नसालु अवस्थामा फेला पारेका थिए । बच्चाको स्वास्थ र जीवनै खतरामा परेको भन्दै महिला प्रति समुदायले आक्रोस र घृणा व्यक्त गरेका छन । यो अवस्था पछि बच्चाको अवस्था सार्वजनिक रुपमा खुलाइएको छैन । ति महिलालाई अहिले हिरासतमा राखिएको छ ।
अभिावकीय जिम्मेवारीको गंभीरता र बच्चालाई हानीको बाटोमा लैजाने ति आमालाई कडा कानुनको सामना गर्नुपर्ने देखिएको कानुनी परामश दाताले बताएका छन ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















