अमेरिकी इतिहासकै ठुलो राशीको मेघामिलियन्स फलोरिडाका बने भाग्यमानी विजेता
अमेरिका-अन्तत फलोरिडाको एक जना भाग्यमानीले अमेरिकी इतिहासकै सबैभन्दा ठुलो राशीको मेघामिलिन्यस लोटरी जित्न पुगेका छन् ।
हिजो मंगलबार राती खुलाइएको १ दशमलव ५८ बिलियनको मेघा मिलियन्स झन्डै चार महिनादेखि बढदै गएको राशीको बिस्तारलाई यी विजेताले समाप्त गरिएका छन् ।
अहिलेसम्मको यो ठुलो मेघामिलयन्स ज्याक्टको विजेता राशी हो । विजेताले नगद लिन चाहेमा ७८३ दशमलव ३ मिलियन्स लान पाउनेछन् । मंगलबार राती खोलिएको मेघामिलियन्सको विजयी नम्बर १३, १९, २०, ३२, ३३ र मेघा बल १४ रहेको थियो । यी सबै नम्बर फलोरिडाका ति भाग्यशाली विजेताले मिलाएका छन् । विजेताको सार्ववजनिक पहिचान गरिएको छैन ।
फलोरिडा लोटरीका अनुसार उक्त विजयी लोटरी टिकट एटलान्टिक तटको ज्याक्सनभिलको पुर्वमा रहेको सहर नेप्च्युन सहरमा बेचिएको थियो । यो फलोरिडामा मेघामेलियन्स विजेता भएको चौथो पटक भएको बताइएको छ । यस अघि तीन जनाले मेघामिलियन्स जितीसकेका छन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...