अमेरिकी वैज्ञानिकले जो महिलाहरु दिनहु गुलियो खालको पेय पदार्थ अर्थात शुगर ड्रिक पिउने कलेजोको क्यानसर तथा लामो समय सम्म कलेजो सम्बन्धी रोगबाट ग्रस्त भई मुत्यु हुने खतरा बढी रहेको बताएका छन् ।

अमेरिकाको ब्रिघम तथा महिला अस्पतालका अनुसन्धानकर्ताको अगुवाईमा भएको अध्ययनमा ९८ हजार ७८६ महिलालाई सहभागी गराइएको थियो । जुन महिलाहरुमा २० वर्ष सम्म अध्ययन गरिएको थियो । अध्ययन अनुसार गुलियो पेय पदार्थ पिउने ६ दशमलव ८ प्रतिशत महिलामा कलेजोको क्यान्सरको ८५ अधिक जोखम रहेको छ भने लामो समय सम्म कलेजोको बिरामी भएर मुत्युको खतरा ६८ प्रतिशत रहेको छ ।

यो जर्नल अफ अमेरिकन मेडिकल एशोसिएनस नेटवर्क ओपनमा समेत यस सम्बन्धी अनुसन्धान्तमक जर्नल प्रकाशित भएको छ । यो अध्ययनमा गुलियो पेय पर्दा पिउने र लामो समयसम्म कलेजोको बिरामी भई मुत्यु हुने सम्बन्ध बारे पत्ता लगाउन यस्तो अध्ययन गरिएको अनुसन्धानकर्ताले बताएका छन् ।
अनुसन्धानकर्ता लान्गाग झाओले यो बिरामीको खतरा कम गर्न जनस्वास्थय निति बनाउनु पर्ने आवश्यकता हुन सक्ने बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected