टेक्सस-टेक्ससमा आफुले चलाएको कार हाइवेको डिभाइडरमा गएर ठोकिएर आगलागी भइ दुर्घटनामा ज्यान गुमाएका नेपाली विद्यार्थी मनोज यादवको नेपाल समाज टेक्ससले अन्तेष्टि गर्ने भएको छ ।

उनको आउदो आइतबार अन्तेष्टि सहित श्रद्धान्जली समारोह गरिनेछ ।
मनोजको आफन्त अमेरिकामा कोही नहुदा उनको शब पहिचानमा ढिलाइ भएको थियो । उनले चलाएको कार टेक्ससको वाक्सहेची सिटीको एउटा हाइवेमा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार उनको शरीरको ९० देखि ९५ प्रतिशत भाग जलेको अवस्थामा भेटिएको थियो । शब नचिने अवस्थामा थियो र फिन्गर प्रिन्ट पछि उनको पहिचान भएको थियो । गएको जुलाईको अन्तिम साता उनी दुर्घटनामा परेर ज्यान गुमाए पनि प्रहरीले उनको आफन्त कोही फेला नपारेपछि समस्या भएको थियो ।

पछि नेपाली समुदायका समन्वय गरेर प्रहरीले शब नेपाली समाज टेक्ससलाई बुझाएको हो । उनी २०१० मा विद्यार्थी भिषामा अध्ययनका लागी अमेरिका आएका थिए । पछिल्लो समय उनी अमेरिकामा साथीभाइ संगबाट टाढा र एक्लै बस्दै आएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected