बिरामी जाच्न आएका महिला माथि यौन शोषण र अश्लिल भिडियो खिच्ने आरोपी डाक्टर
अमेरिका-अमेरिकाको न्युयोर्क सहरमा एक ३३ वर्षिय ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डक्टरलाई बिरामी जाच्न आएका केही महिला माथी बलात्कार, यौन उत्पीडन र अश्लिल भिडियो बनाएको आरोपमा पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको छ ।
३३ वर्षिय डक्टर जि एलन च्याग लाई अस्पतालबाटबाट समेत निकालिएको छ । उनलाई अदालतमा समेत सोमबार उपस्थित गराइएको थियो । उनी माथि फस्ट डिग्री बलात्कार बलात्कारको अभियोग लगाइएको छ । उनी माथि यौन उत्पीडन, बलात्कार, आक्रमण, गैरकानुनी निगरानी तथा अपराधिक शैलीमा कब्जामा लिएको अपराधमा मुद्धा चलाइएको छ।
उनले एस्टोरिया स्थित आफनो अर्पाटमेन्टमा लागुऔषध दिएर बलात्कार गरेको अश्लिल भिडियो खिचेको अभियोग छ । जुन भिडियो बरामद समेत गरिएको छ ।
उदयमान यी डक्टरको गंभीर आरोपले न्युयोर्क सहरको प्रमुख अस्पताललाई हल्लाएर राखेको छ ।
यति मात्र हैन उनले अस्पतालमा जाच गर्न आएका महिलामाथि समेत यस्तो हर्कत गरेको अभियोग छ । न्युयोर्कको क्वीन्सस्थित अस्पतालमा कार्यरत रहेको बेला उनले तीन जाचका लागी आएका तीन महिला माथि यौन शोषण गरेको आरोप छ । एक जना १९ वर्षिया र अर्को ४७ वर्षिया महिला माथि दुव्र्यवहार गरेको भिडियो आधारमा अभियोग लगाइएको हो । महिलाले आरोप लगाएपछि अस्पतालले उनलाई निकालेको थियो ।
यदि यी डक्रट माथि आरोप प्रमाणित भएको खण्डमा २५ वर्ष देखि लिएर आजीवन काराबासको सजाय हुन सक्नेछ