राष्ट्रपति जो बाइडेनलाई ज्यान लिने धम्की दिने आरोपी एफबिआई कार्वाहीमा मारिए
अमेरिका-अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ज्यान लिने धम्की दिने एक आरोपी अमेरिकाको संघीय जाच ब्युरो एफबिआई एजेन्डको कार्वाहीमा मारिएका छन् । राष्ट्रपति जो बाइडेन साल्टलेक सिटी जाने कार्यक्रम तय भएको बेला उनले ज्यान लिने धम्की दिएका थिए एफबिआइले उनको घरमा छापा मारेको थियो । बाइडेन बुधबार न्युमेक्सिको हुदै युटाह जाने कार्यक्रम थियो ।
युटा राज्यको साल्ट लेक सिटीमा बसोबास गर्ने ति आरोपील राष्टपति जो बाइडेन त्यहा पुग्नु अगाडी नै एफबिआइको कार्वाहीमा मारिएका थिए । एफबिआइले आरोपीको मुत्युको पृष्टि गरेको छ । उनले फेसबकुमा बाइडेन युटाह आउदैछन् मैले राइफलको धुलो सफा गर्नु छ भन्दै लेखेका थिए । उनले हतियार सहितको तस्विर पोस्ट गदै धम्की दिएका थिए ।
उनले सामाजिक संजाल फेसबुक मार्फत बाइडेन र उनको परिवार तथा पुर्व राष्टपति बराक ओबामालाई समेत धम्की दिएका थिए । उनले आफुलाई डोनाल्ड ट्रम्पको समर्थक बताएका थिए । ७५ वर्षिय ति रोबर्टसन नामका आरोपी भएको बताइएको छ । उनलाई उनकै घरमा घेरा हालेर कार्वाही गरिएको थियो । उनी उक्त समय बन्दोबस्ती हतियार सहित घरमा बसेको बताइन्छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...