बेहुली बन्ने अन्तिम इच्छामा बाबुआमाले आफनो दस वर्षिय छोरी छोरीको विवाह गरिदिएका थिए
अमेरिकाको नर्थ क्यारोलिनाकी १० वर्षिया एमा एडवर्डसको मर्नु अघिको अन्तिम इच्छा आफनो दस वर्षिय प्रेमी डेनियल मार्शल क्रिस्टोफर संग विवाह गर्नुृ रहेको थियो । ति १० वर्षिया बालिक ब्लड तथा बनम्यारो क्यान्सरले ग्रस्त थिइन र उनको मुत्युको दिन नजिक आइसकेको थियो । उनको परिवारलाई चिकित्सकबाट जानकारी मिलेको थियो अब छोरीको बाच्ने दिन धेरै छैन । माता पिताले उनको अन्तिम इच्छा अनुसार नै दस वर्षिय प्रेमीसंग एउटा समारोह नै आयोजना गरेर विवाह गराइदिए । तर विवाह गरेको केही दिनमै ति बालिकाले संसार छाडिन । उनलाई २०२२ को अप्रिलमा उक्त क्यान्सर भएको पत्ता चलेको थियो ।
केवल उनको मन राख्नका लागी माता पिताले विवाह गराइदिएका थिए । तर बालिका विवाहको बन्धनमा बाधिएकी थिइनन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।





















