सबैमा नमस्कार,
नेपालबाट र यहाँ अमेरिका भित्रबाट सहभागी हुने कलाकर्मीको संख्या ठूलो भएको कारण होला व्यावस्थापनमा केही समस्या आएको जस्तो बुझियो । हामी सहभागी हुने सबैले बस्ने र खाने व्यवस्था आफूले नै गर्नु पर्ने भयो । कार्यक्रम सफल बनाउन हाम्रो सहभागीता महत्वपूर्ण हुन्छ भन्ने मैले बुझेको हो यदी म ग़लत छैन भने ।

अमेरिका
अमेरिकाको न्युयोर्कमा आउदा अगष्ट १२ तारिख हुने भनिएको ग्लोबल नेपाली फिल्म अवार्डमा आयोजकको यो उर्दीले व्यवस्थापकीय कमजोरी छर्लंग भएको छ । आयेाजक मध्येका एक ले येा अवार्डमा सहभागी कलाकारहरुकेा नाममा जारी गरेकेा उर्दी हेा ।
कलाकारलाई बोलाएर उल्टै खाने बस्ने र होटलको व्यवस्था आफै गर्नुपर्ने भन्दै यसरी आयोजकले उर्दी जारी गरेका हुन ।

यसको सिनेमा अवार्डमै सहभागी केही कलाकारहरुले बिरोध गरेका छन् । आयोजकको यो हर्कतले एक जना अमेरिकामा रहेका  चर्चित कलाकार कार्यक्रममा सहभागी नहुने बताएका छन् । उनले आफनो नाम उल्लेख नगर्ने शर्तमा भने यो त हदै भयो-“सबै आफै व्यवस्था गर्ने भए किन अर्वाड गरिरहनु ।”
केही वर्ष यता अमेरिकामा आयोजना हुदै आएको यो अवार्ड यसरी नै हरेक वर्ष विवादित बन्दै आएको छ ।
अमेरिकामा नेपाली सिनेमाको प्रर्वद्धन गर्ने भन्दै आयोजना हुन लागेको ग्लोबल नेपाली फिल्म अर्वाड केही कलाकारको वार्षिक भ्याकेसन केा रुपमा परिणत भएको छ । धेरैले यो केही कलाकारहरुको लागी अमेरिका आउने वार्षिक भ्याकेसन भएको टिप्पणी गरेका छन् । नेपालबाट उही पुराना अनुहार हरेक वर्ष अवार्डमा सहभागी हुने र अवार्ड थाप्ने बाहेक हरु केही नया देखिदैन ।

नया कलाकारहरुको यो अवार्डमा नगन्य सहभागिता देखिन्छ । आयोजकले जुन रुपमा प्रचार गरे पनि यो अवार्डमा उही हरेक वर्ष सहभागी हुने पुराना अनुहार र अमेरिकामा फिल्म क्षेत्रबाट अहिले टाढा रहेका कलाकारहरु मात्रै सहभागि हुने देखिएको छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected