अमेरिकाकेा हवाईकेा जंगलमा आगलागीमा ५३ केा मृत्यु , १ हजार बेपत्ता
अमेरिका-अमेरिकाको हवाई राज्यको एउटा जंगलमा आगलागी हुदा ठुलो जनधनको क्षति हुन पुगेको छ । पछिल्लो अपडेट अनुसार माउई काउन्टीको उक्त जंगलमा सल्केको आगोबाट अहिले सम्म ५३ जनाको ज्यान गइसकेको छ ।
आगलागीमा परि १ हजार भन्दा बढी मानिस बेपत्ता भएको खबर छ ।आगलागीमा मृतकको संख्या अझ बढने अनुमान गरिएको छ । अमेरिकी राष्टपति जो बाइडेनले हवाइमा भएको यो डरलाग्दा आगलागीलाई राष्टिय प्रकोप घोषणा गरेका छन् । पर्यटकको रोजाइ बनेको उक्त सहरमा त्यहा पुगेका उनिहरुलाई अन्यत्र सारिएको छ ।
आगलागीमा परि हवाईको एतिहासिक सहर लहेना जलेर भग्नावशेषमा परिणत भएको छ । ध्वस्त भएको यो ऐतिहासिक सहरलाई मर्मत गर्न वर्षो लाग्ने र अरबौ डलर खर्च हुने ठुलो क्षति भएको छ ।
सहरका मेयर जोस ग्रिनले सहर भग्नावशेष भएको आगलागीको भिडियो समेत सोसल मिडियामा शेयर गरेका छन् । यो आगलागीमा एक हजार भन्दा बढी भवन जलेर नष्ट हुने अनुमान गरिएको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...