अमेरिका-अमेरिकामा डरलाग्दो बन्दै छ आत्महत्या । अघिल्लो वर्ष २०२२ मा झन्डै ४९ हजार ५ सय जनाले आत्महत्या गरेको एउटा सरकारी रिपोर्ट सार्वजनिक भएको छ । जुन ज्यादै डरलाग्दो रहेको छ । खास गरि आत्महत्या दरमा बृद्धि ४५ देखि ६४ वर्षका आयु भएकाहरुमा ७ प्रतिशत रहेको छ । त्यस्तै २५ देखि ४४ वर्ष उमेरका व्यस्कहरुमा आत्महत्याको दर १ प्रतिशत देखिन्छ ।

अमेरिकाो रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पेश गरेको तथ्याकमा यो वर्षको आकडा प्रस्तुत गरेको छैन । दोस्रो विश्वयुद्ध पछि अहिले नै आत्महत्याको दर अधिक रहेको विश्लेषकहरुले बताएका छन् ।
खास गरि मानसिक स्वास्थय तथा सहज बन्दुक पहुच आत्महत्याको प्रमुख कारक रहेको मनोविश्लेषकहरुले बताएका छन । बन्दुकका कारण आत्महत्या गर्नेको संख्या अन्यको तुलनामा बढी छ ।
हन हपकिन्स विश्वविद्यालयको विश्लेषको प्रारम्भिक २०२२ को डेटा हेर्दा बन्दुकद्धारा आत्महत्याको दर अधिक देर्खिएको छ । शोधकर्ताका अनुसार अमेरिकामा श्वेत किशोरको तुलनामा अश्वेत किशोरमा बन्दुकबाट आत्महत्याको दर बढी देखिन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected