अमेरिका-न्याय अन्यायको तराजु जोख्ने न्यायधिस नै यहा रक्षक नभई भक्षक भएको खबर रहेको छ । अमेरिकाको दक्षिण क्यालिफोर्नियाका ७२ वर्षिय न्यायधिकस जेफरी फरगुयुसन माथि पत्नी माथि गोली प्रहार गरि हत्या गरेको अभियोग लागेको हो । उनकै छोराले प्रहरीको आपतकालिन फोन नम्बर मा फोन गरेर आफनी आमाक शेरिल गोली हानेर मारिएको सुचना दिएका थिए ।
लगत्तै ति न्याधिसलाई प्रहरीले पक्राउ गरेको थियो । ति न्यायधिसलाई १० लाख डलर जमानतामा रिहा गरिएको छ । प्रहरी जब उनको घर पुगेको थियो, प्रहरीको होसै उडेको थियो । किनकी उनको घरको तलासी लिदा ४७ थान बन्दुक र २६ हजार भन्दा बढी गोली बरामद गरिएको थियो । उनले के कारणले श्रीमतिको हत्या गरे केही खुलेको छैन ।
समाचार अनुसार हत्या अभियोग लागेका न्यायधिस २०१५ देखि आरेन्ज काउन्टी सहरमा अपराध मामला हेर्ने न्यायधिस थिए । उनले १९८३ देखि कानुनी सेवा सुरु गरेका थिए ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...