किशेारीलाई अश्लिल हर्कत गर्ने भारतिय मुलका डाक्टर पक्राउ
अमेरिका-अमेरिकामा एक भारतीय मुलका डाक्टर किशोरी माथि अश्लिल हरकत गरेको आरोपमा पक्राउ परेका छन् ।
३३ वर्षिय भारतीय मुलका सुदिप्त मोहन्ती नामका डाक्टरले १४ वर्षिय किशोरी माथि अश्लिल हपर्कत गरेको आरोप लागेको थियो । उनले हवाईबाट बोस्टन तर्फ आइरहेको फलाईट भित्र आफनो छेउमा बसेकी ति १४ वर्षिय किशोरी माथि अश्लिल हर्कत गरेका थिए । उनले त्यस्तो हर्कत गरेपछि उनी अर्को ठाउमा सरेर बसेकी थिइन । पछि जहाजमा रहेका आफना मातापितालाई बताएकी थिइन । किशोरीको उजुरी पछि उनलाई पक्राउ गरिएको थियो ।
बोस्टनमा उनलाई पक्राउ गरिएकोमा केही शर्तका साथ रिहा गरिएको छ । बोष्टमा उनी प्रेक्टीस गदै गरेका डाक्टर हुन ।
अमेरिकामा विशेष विमान क्षेत्रअधिकार को अनुसार विमान उडानका क्रममा अश्लिल हर्कत गरेमा ९० दिन सम्म जेल र ५ हजार अमेरिकी डलर सम्म जरिवना हुने गरेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...