अमेरिका-अमेरिकामा एक जना मालिकले जहाज यात्राका क्रममा आफनो कुकुरका लागी तीन वटा सिट खरिद गरेका छन् । घोडा आकारको ६० किलोको ग्रेट डेन ब्रीड जातको उक्त कुकुरका लागी तीन वटा सिट किनिएको थियो । कुकुरको तौल र आकार देखेर अन्य यात्रुको होस उडेको थियो ।
अमेरिकन एयरलान्सको उक्त जहाज लस एन्जल्स देखि न्युयोर्क सम्मको यात्राका लागी एउटा कुकुरका लागी तीनवटा सिट किनिएको थियो । उनले अमेरिकन एयरलान्स संग सम्पर्क गरेपछि कुकुरको तौल अनुसार ३ सिट खरिद गर्न भनिएको थियो । सोही अनुरुप उनले आफनो लागी एक र कुकुरका लागी तीन वटा सिट खरिद गरेका थिए ।
न्युयोर्क पोष्टका अनुसार २७ वर्षिय गेब्रियल बोगनर आफनो ५ वर्षको कुकुरका साथ प्लेनको सफर गरिरहेका थिए ।

कुकुरको प्लेन भित्र गरिएको सफरको भिडियो धेरैले सोसल मिडियामा समेत शेयर गरेका छन् । उडानको दौरान उक्त कुकुर शान्त संग आफनो सिटमा बसेको थियो । उनले आफनो कुकुर संग उडान भर्न अनुमति दिने अमेरिकन एयरलान्सलाई धन्यवाद समेत दिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected