अमेरिका-अमेरिकन एयरलायन्सको विमान यो भयानक दुर्घटनाबाट जोगियो
अमेरिकन एयरलायन्सको एउटा विमान भयानक दुर्घटना हुनबाट बल्ल तल्ल जोगिएको छ । विमान उडानका क्रममा क्याबिन प्रेसर कम भएका कारण तीन मिनेटमा १५ हजार फिट माथिबाट तल झर्न पुगेको थियो । जसको कारण विमान भित्र सवार यात्रुहरु भयमित बन्न पुगे ।
अमेरिकी न्युज च्यानल फक्स ३५ ले फेडरल एविएसनलाई हवाला दिदै विमान उत्तरी क्यारोलिनाबाट गेन्सभिल फ्लोरिडाका लागी उडेको थियो । फलोरिडा विश्वविद्यालयका प्रोफेसर हेरिएसनले साझा गरेको तस्विरमा अक्सिजन लेभल कम भएपछि मास्क अक्सिजन लिनु परेको देखिन्छ । यात्रुहरुलाई श्वास लिन निकै समस्या भएको उनले बताएका छन् । उनले अहिलेसम्म धेरै पटक विमानको यात्रा गरेको र यस्तो डरलाग्दो अवस्था अहिलेसम्म नभोगेको सामाजिक संजालमा शेयर गरेका छन् ।
अहिले अमेरिकन एयरलायन्सका पाइलट र चालक दलका सदस्यले यात्रुहरुलाई आत्मविश्वास जोगाउन शान्त बनाउने काम गरेका थिए । पाइलटको कौशलताका कारण पनि विमान दुर्घटना हुनबाट जोगिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected