अमेरिका-पश्चिमी पेन्सिलभेनियामा एउटा घरमा विष्फोट हुदा एक बालक सहित पाच जनाको ज्यान गएको छ ।
विष्फोटबाट अन्य तीन वटा घरको संरचना समेत ध्वस्त भएको छ भने अन्य एक दर्जन घरमा क्षति पुगेको छ । मृतकहरुको पहिचान प्रहरीले खुलाऐका छैन । घटनास्थल पिटसवर्गबाट २० माइल टाढा रहेको बताइएको छ ।
बिष्फोटन पछि भएको आगलागीमा परेका पाच जनालाई अस्पताल पुराइएकोमा दुई जनाको अवस्था गंभीर रहेको बताइएको छ । विष्फोटपछि घरहरुमा आगो लागेको बताइएको छ । घटना हुदा कति मानिस थिए भन्ने बारेमा यकीन विवरण आएको छैन । अझै हताहती भएको हुन सक्ने बताइएको छ ।
विष्फोट के कारणले भयो त्यसबारेमा अहिले पत्ता लगाउने काम भइरहेको छ । घटना पछि त्यस क्षेत्रमा बिजुली र ग्यास सेवा बन्द गराइएको छ । घटना ज्यादै दुख्द भएको गभर्नरले शोक व्यक्त गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected