अमेरिका-अमेरिकाको एरियोजनाको प्रसिद्ध मानिने ग्रयान्ड केनियन क्लिफ चट्टानी पहाडबाट सय फिट तल खसेका १३ वर्षिय बालक चमत्कारी ढंगले बाचेका छन् । नर्थ डकोटाबाट परिवार संग घुम्न आएका यी बालक ग्रयान्ड केनियनको नर्थ रिमबाट यात्राका क्रममा चटटानबाट चिप्लेर सय फिट तल खसेका थिए । यो क्षेत्र ग्रयान्ड केनियन नेशनल पार्क क्षेत्र भित्र पर्दछ ।
घटना लगत्तै आपतकालिन उद्धारटोलीले ठुलो संघर्षका बाबजुत दुई घन्टाको प्रयासपछि उनलाई उद्धार गरेका थिए । उनको शरीरको केही भागमा फ्याक्चर भएको थियो । गंभीर चोट लागेका उनलाई अस्पताल लगिएको थियो र उपचार पछि उनलाई अस्पतालबाट विदाई गरिएको थियो । यो चट्टानमा यात्र गर्ने क्रममा हरेक वर्ष २ देखि ३ जनाले लडेर ज्यान गुमाउदै आएका छन् । त्यसरी गरि कतिपय लडेर बेपत्ता समेत हुन गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected