अमेरिका-एटियम मेसिनबाट पैसा चोरी हुने घटना त हामीले सुन्दै आएका हौ । तर यहा भने अमेरिकाको क्यालिफोर्नियामा एटिएम मेसिन नै चोरी गरेर हिडे दुई चोरहरु । उत्तरी क्यालिफोर्नियाको स्याक्रोमेन्टोमा बैकको एटिएम मेसिन चोरी गर्न फोर किल्फट टक नै प्रयोग गरियो । दुई चोरले सेफ क्रेटिड युनियनको एटियम चोरेर हिडेका थिए । एटियम मेसिन लिएर भागेका उनिहरु बीच बाटोमा पुग्दा एटियम मेसिन ट्रकबाट बाहिर खस्न पुग्छ । एटियम खसेपछि दुई चोरहरु त्यहाबाट छाडेर भाग्न पुग्छन् । स्याक्रोमेन्टो काउन्टी पुलिसले दुई सन्दिधले एटिम चोर गदै गरेको फुटेज सार्वजनिक गरेको छ ।
ठुलो योजना सहित आएका यी दुई चोरहरुको एटियम चोरेर लाने योजना बीच सडकमा ट्रकबाट खसेपछि भताभुंग हुन पुग्छ । प्रहरीले ति चोरहरुको पहिचान गरेको छैन । उनिहरुको पहिचान दिनेलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...