अमेरिका-खास गरि दुताबासले अमेरिकामा नेपाली बसोबास रहेका राज्यहरुमा घुम्ती सेवा दिइएरहेको छ ।

यसै बीच आउदो सेप्टेम्बर २ खेखि ५ सम्म कोलोराडोमा नेपाली पासपोर्ट नविकरण लगायतका सेवाहरु प्रदान गर्ने जनाएको छ । दुताबासले एक सुचना जारी गदै तय गरिएको मितिमा अप्वाइन्मेन्ट लिएर सेवा लिन नेपाली समुदायलाई आग्रह गरेको छ । पासपोर्ट लगायतका सेवाका लागी शुल्क अब डेभिड र क्रेडिड कार्ड मार्फत समेत लिइने बताइएको छ ।
कोलोराडाको बेष्टमिन्सिटरको १०३९३ रिड स्ट्रिटमा रहेको ड्ररी एन्ड इन सुइटसमा सेवा उपलब्ध हुनेछ । यसका लागी तपाईहरु त्यहा बिहान ९ देखि ५ भित्र आफुलाई अनुकुल हुने समयमा पुग्न सक्नुहुनेछ ।
तपाईले नागरिकता, पासपोर्ट लगायतका सेवाका लागी यही अगष्ट २६ भित्रमा अयलकगबिचअययिचबमय२लभउबझिदबककथगकब।ण्चन आफनो फारम भरेर पासपोर्ट र नागरिकताको फोटो पठाउन नबर्सिनुहोला । फारम तपाईले अमेरिकी राजदुताबास बासिगटन डिसीको आधीकारिक वेभमा प्राप्त गर्न सक्नुहुनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected