२०२४ मा डिभी भिसा पाउने नेपाली ३८६३ जना
अमेरिकामा २०२४ का लागी डिभी भिसा पाउने नेपालीको संख्या ३८६३ जना रहेका छन् ।
अमेरिकाको ट्राभल स्टेट डटक गर्भमेन्टको आधिकारिक वेभसाइटको भिसा बुटेटिनमा ताजा अपडेट सार्वजनिक गरेको हो ।
गएको मे महिनामा डिभीको रिजल्ट आएको थियो । अब २०२४ का डिभी बिजेताहरुले आउदो अक्टोबर महिनादेखि धमाधम भिसा प्राप्त गर्नेछन् । अमेरिकाले विश्वभरबाट हरेक वर्ष ५५ हजारलाई डिभी भिसा दिएपनि यो वर्ष ५४ हजार ८ सय ५० जनालाई भिसा दिनेछ । डिभी २०२४ मा इरान सबैभन्दा धेरै विजेता हुने देश रहेको छ । इरानबाट ५०७७ जना रहेका छन् । त्यस्तै दोस्रो अफगानिस्तान ४ हजार ५ सय ३६ रहेका छन् । नेपाल भने तेस्रो नम्बरमा परेको छ ।
अमेरिकी सरकारले एउटा देशलाई आप्रवासी आगमनको दर हेरेर ५ हजार सम्म डिभी भिसा दिने गरेको छ । नेपालले अन्य प्रकारका भिसा पाउने भएकाले पनि डिभी भिसाको दर कम भएको हो ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...