अमेरिकामा आतंकारी संगठन अलकायदाको ठुलो आतककारी आक्रमणको रचिएको षडयन्त्र पर्दाफास हुन पुगेको छ । उक्त षडयन्त्रमा सामेल भएका एक १७ वर्षिय किशोर लाई पक्राउ गरिएको हो । उनी फिलाडेल्फियाबाट समातिएका हुन । अमेरिकाको सुरक्षा एजेन्सी एफबिआईले उक्त किशोर अलकायदा संग जोडिएको र ठुलो हमला गर्ने तयारी गरिहरकेो अवस्थामा अवस्थामा समातिएका छन् । ति किशोरबाट कयौ बन्दुक समेत बरामद भएको छ । त्यस्तै विष्फोटका लागी उनले प्राविधिक सामान, तार केमिकल तथा रिमोट डेटोनेटर तथा डिभाइसहरु तयार पादै रहेको एफबिआइले जनाएको छ ।
पक्राउ परेर पछि अहिलेसम्म फिलाडेलफियामा आतकवादी गतिविधीका लागी अहिलेसम्म यी किशोरलाई लगाइएको सबैभन्दा गंभीर चार्ज भएको बताइएको छ । एफबिआइको एउटा ठुलो टास्क फोर्सको मदतले आज ठुलो आतंककारी हमला हुनबाट जोगिएको बताइएको छ ।
ति किशोरको अलकायदा संगठन संग सम्बन्न्ध रहेको थाहा पाएपछि एफबिआइले जाच थालेको थियो । उक्त दौरान उनको जासुसी समेत गरिएको थियो । सबै प्रमाण जुटेपछि प्रहरीले घरमै पुगेर उनलाई पक्राउ गरेको थियो ।

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected