अमेरिका-प्रेम अनि रोमान्स गर्ने र पछि कुरा नमिलेपछि अश्लिल फोटोहरु सामाजिक संजालमा राखिदिने बिकृति निकै बढेको छ । अर्काको नग्न तस्विर विना अनुमति सार्वजनिक गर्नेलाई अमेरिकामा निकै कडा कानुन छ । यस्तै एउटा घटनाको चर्चा यतिबेला अमेरिकाको टेक्ससमा भइरहेको छ ।
यस्तै टेक्ससमा एक जना महिलाको प्राइभेट फोटोहरु उनका पुर्व प्रेमीले पोर्न साइटमा राखेपछि उनलाई सजाय मंहगो पर्न गएको छ । अदालतले ति पुर्व प्रेमी मार्कैस ज्याक्सन नामका व्यक्तिलाई १ दशमलव २ बिलियन डलर क्षतिपुर्ति दिन फैसला सुनाएको छ । उनले नक्कली फेसबुक, ट्वीटर र युटयुब प्रोफाइल बनाएर प्रेमिकाको नागो तस्विर सार्वजनिक गरेका थिए । शिकागोमा रहने यी पुर्व प्रेमि प्रेमिकाले २०१६ देखि २०२१ सम्म डेटिग सुरु गरेका थिए र पछि ब्रेकअप भएको थियो । आरोपी पुर्व प्रेमी भनिएकालले रिलेसनपिमा रहदाको तस्विर ब्रेकअप पछि पार्टनरको सहमति विना फेसबुक ट्वीटर देखि पोर्न साइटमा राखेका थिए । र उनले ति पोष्टहरु साथी र उनको परिवारलाइृ पठाएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected