अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी यी महिलालाई २२ वर्षको जेल सजाय तोकिएको छ ।
५२ वर्षिया पास्कल फेरियरलाई अदालतले २२ वर्षको जेल सजाय सुनाएको हो । उनले आफनो अपराध समेत स्वीकार गरेकी छिन् । ति महिला संग फन्स तथा क्यानडाको दोहोरा नागरिकता रहेको छ ।
उनले पठाएको चिठी २०२० मा पुर्व राष्टपति ट्रम्पलाई सबोध गरिएको थियो । तर चिठी व्हाइट हाउस पुग्नु अगाडी नै सुरक्षाकर्मिले बरामद गरेको थियो । उनले अदालतमा उक्त विष ट्रम्प सम्म पुग्न नपाएकोमा दुख लागेको बताउएकी थिइन । जेल सजाय भोगेपछि उनलाई अमेरिकाबाट देश निकाला गरिनेछ ।
उक्त चिठीमा रिसिन नामको विष रहेको पत्ता लागेको थियो । घटना लगत्तै तत्कालिन समयमा उनलाई पक्राउ गरिएको थियो ।
ति महिलाले पुर्व राष्ट्रपति ट्रम्पलाई पठाएको उक्त विष सेवन गरेमा वा नाकको माध्यमबाट मानवीय शरीरमा प्रवेश गरेमा ज्वरो आउने रुघाखोकी लाग्ने फोक्सोमा पानी जम्ने र मानिसको मुत्यु हुन सक्ने खतरा रहन्छ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...