अमेरिका-यदि हामी लगनशिल, इमान्दार र निष्ठावान भएर काम गरिरहेका छौ भन्ने त्यही अनुसारको फल एक दिन अवश्य मिल्छ । यस्तै उदाहरण अमेरिकाको टेक्ससको लोकप्रिय बर्गर कम्पनी बर्गर किंगमा काम गर्ने ५४ वर्षका यी केविन फोर्डमा पनि लागु भएको छ ।

२७ वर्ष सम्म उनले बर्गर किंकमा काम गरे र एक दिन पनि छुट्टी लिएनन । त्यसैको परिणाम आज कम्पनी, साथीभाई र शुभचिन्तकले उनलाई फन्डिग गरेर ४ लाख १८ हजार अमेरिकी डलर उपलब्ध गराएका छन् । उनकी छोरीको नाममा खोलाइएको गोफन्डमा कम्पनी, सेलिब्रेटी देखि सर्वसाधारणले उनलाई फन्डिग गरेका थिए । उनको रिटायर लाइफमा केही सहज होस भनेर सहयोग उनलाई उपलब्ध गराइएको हो । केविन फोर्ड लस भेगासका स्थायी बासिन्दा हुन ।
२७ वर्ष सम्म एक दिन पनि छुटी नलिइ उनले गरेको कामको सम्मान उनलाई मिल्नु थियो ।

जुन आज कम्पनी र साथीभाइले गरेको पहलले उनलाई करोडपति बनाइदिएको छ । उनले इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गदै आफुले कम्पनीमा एक दिन पनि बिदा नलिइ काम गरेको २७ वर्ष पुगेछ भनेका थिए । त्यसपछि कम्पनी, र सहकर्मिले उनलाई गिफ्ट दिए र गोफन्डको अभियान थालेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected