अमेरिका-तपाईहरुलाई यो एउटा अनौठो खबर । यो खबरले भित्री हदयलाई हल्लाउने खालको छ । अमेरिकाको मिसिसिपीको घटना जहा १३ वर्षकी बालिका जो कक्षा ६ मा पढछिन्,। जो आफनो घर बाहिर खेलीरहेकी थिइन । एक अन्जान व्यक्ति आएर उनलाई बलात्कार गर्छन । बलात्कार पछि ति सानी बालिका गर्भवति हुन पुग्छिन् । सुरुमा उनले घटना बारे कसैलाई बताइनन् । जब उनलाई अत्याधिक बान्ता भयो त्यसपछि नै घटना बाहिर आयो ।
प्रहरीले बलात्कारको केश त दर्ता गरयो । जब उनको परिवार गर्भपतन गराउनका लागी अनुमति लिन बालिका लिएर अदालत पुगे ।
तर अदालतले गर्भपतन गराउन अनुमति दिएन । किनकी यो राज्यमा गर्भपतन गराउन प्रतिबन्ध छ । कानुनी लडाइको बीच यी बच्चीले अन्तत बच्चा जन्माएकी छिन् । अहिले सात कक्षामा पढदै गरेकी यी १३ वर्षिय बालिका अन्जानमा यसरी बच्चाकी आमा बन्न पुगेकी छिन् । गत वर्ष नै अमेरिकी सर्वोच्च अदालतले गर्वपतनको अधिकारलाई उल्टाएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected