अमेरिका-अमेरिकाको मेरिल्यान्डको बाल्टीमोर काउन्टी स्थित घरमा रहस्मय तरिकाले भारतीय मुलका एकै परिवारका तीन जना मृत भेटिएका छन् ।
भारतीय दम्पत्ति र एक ६ वर्षिय छोरा घरमा बन्दुको गोली लागेर मृत अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीले हत्या या आत्महत्या के कारणले हो भन्ने बारेमा अहिलेसम्म केही निक्यौल गर्न सकेको छैन । प्रहरीले शनिवार उनिहरुलाई आफनै घरमा मृत भेटेको हो । मृतकहरुको पहिचान ३७ वर्षिय, योगेश, ३७ वर्षिया पत्नी प्रतिभा र ६ वर्षिय छोरा यश को रुपमा गरिएको छ । उनिहरु भारतको कर्नाटक राज्यका मुल निवासी रहेको बताइन्छ ।
प्रहरीले अन्तिम पटक परिवार १७ अगष्टमा उक्त परिवारलाई जिवितै देखेको थियो । त्यसको दुई दिनपछि प्रहरीले शनिवार मात्रै उनिहरुलाई घरमै मृत भेटेको हो । मुत्युको
कारण पत्ता लगाउन चिकित्सा अधिकारीहरुले शब परीक्षण गर्ने बताइएको छ ।
घटना पछि बाल्टीमोर काउन्टी स्थित उक्त घटनास्थल वरपरका बासिन्दा त्रसित बनेका छन् । प्रहरीेले भने आसपासका समुदायलाई अहिले कुनै खतरा नरहेको बताएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected