अमेरिका-अमेरिकाको दक्षिण क्यालिफोर्नियामा हिलेरी आधी अर्थात हुरिकनको प्रकोप बढेपछि आपतकाल घोषणा गरिएको छ । मेक्सिको तर्फबाट आएको यो हुरिकन दक्षिण क्यालिफोर्निया तर्फ तेज रफतारमा बढीरहेको छ । दक्षिण क्यालिफोर्नियाबाट उत्तरी इडाहोसम्म २५ मिलियन मानिसहरु बाढीको खतरामा छन । यो आधी संगै ठुलो वर्षाले विनासकारी बाढी निम्त्याउन सक्ने चेतनवनी दिएको छ । स्कुलहरु बन्द गरिएका छन् । उडानहरु रद्ध गरिएका छन् भने यस क्षेत्रका केही बासिन्दालाई घरहरु खाली गर्न भनिएको छ ।
सिएनएनको रिपोर्ट अनुसार आधी हिलेरीबाट बच्न त्यस क्षेत्रमा ७ हजार ५ सय अधिक सुरक्षाकर्मि र उद्धारकर्तालाई तैनाथ गरिएको छ । गर्भनरले उक्त क्षेत्रको अधिंकाश हिस्सामा आपतकालको स्थित घोषणा गरेका छन् ।
अहिले उक्त क्षेत्रमा ११० माइल प्रतिघन्टाको दरले आधी चलिरहेको छ । सेनडी एगो काउन्टीको मौसम विभागका अनुसार यो आधीको नराम्रो प्रभाव आज सोमार देख्न सकिने बताएको छ । यो आधी
झन्डै ८४ वर्ष पछि क्यालिफोर्निया राज्यमा आउने यस्तो आधी भएको बताएको छ । यो आधीका कारण केही हिस्सामा ठुलो वर्षा समेत हुने अनुमान छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected