अमेरिका-अमेरिकाको हवाई क्षेत्रमा  भएको भिषण आगलागीमा परि बढी मात्रमा आप्रवासीहरु प्रभावित हुन पुगेका छन् । नेपालीहरु भने यो आगलागीबाट प्रभावित नभएको र उनिहरुको सुरक्षीत रहेको बताइएको छ ।
खास गरि उनिहरुको जीवनभरको कमाई, पासपोर्ट, महत्वपुर्ण कागजपत्र लगायतका दस्तावेज जलेर राख हुन पुगेका छन् । आगलागीबाट प्रभावित भएर कयौ माइल टाढा सिफट भएकाहरु फर्केर आफनो दस्तावेज खोज्न थालेपनि अधिकांश जलेर राख भइसकेका छन् । जसले गर्दा प्रवासीहरु मारमा बढी परेका छन् । उनिहरुको सबै प्रमाण आगलागीले नष्ट पारिदिएको छ । फेरि उनिहरुलाई नया पहिचान बनाउनु परेको छ र शुन्यबाट जिन्दगी सुरु गर्नुपर्ने अवस्था आएको छ ।

फिलिपिन्सका एक आप्रवासी ६५ वर्षका टामस आगलागी क्षेत्रमा आफनो छोरा सित आफनो पोसपोर्ट, महत्वपुर्ण कागजपत्र सहित ३५ हजार डलर राखेको तिजौरी खोजीरहेका थिए । तर सबै सामान जलेर खाक भइसकेको थियो । यस्ता धेरै आप्रवासीको जिन्दगी यो आगलागीले यसरी खरानी बनाइदिएको छ । मेक्सिकोबाट प्रवेश गरेका सय आप्रवासी त जलेर जीवन गुमाएका छन्

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected