अमेरिका-अमेरिकामा यतिबेला राष्टपति निर्वाचनको सरगर्मि निकै बढेर गएको छ । डोनाल्ड ट्रम्प यतिबेला निकै चर्चामा छन् । उनले यसै बीच यदि आफु २०२४ मा राष्टपति निर्वाचनमा जीत हासिल गरेर सत्तामा आएमा भारत माथि धेरै ट्याक्स लगाउने धम्की दिएका छन् उनले केही अमेरिकी उत्पादनमा भारतद्धारा उच्च कर अर्थात ट्याक्सको सवाल उठाएका हुन । ट्रम्पले फक्स बिजेनसन्युजको एक साक्षात्कार कार्यक्रममा यो कुरा बताएका हुन ।
भारतको तािरफ गदै आएका पुर्व राष्ट्रपति ट्रम्पको यो भनाईले यतिबेला हलचल ल्याएको छ । भारतको मित्रु रहदै आएका ट्रम्पको यो धम्कीले यतिबेला भारतमा चर्चा परिचर्चा भइरहेको छ ।
त्यसो त आफनो राष्टपति कालमा ट्रम्पले भारतलाई कर लगाउने महाराज भनेर भनेका थिए । उनले भारतले अमेरिकालाई आफनो बजार सम्म न्यायसंगत र उचित पहुच नदिएको आरोप समेत लगाएका छन् ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected