अमेरिकामा नेपाली मुलका डेन्टिस डाक्टर कोराना राहत रकम चोरीमा दोषी ठहर
अमेरिका-अमेरिकामा कोरोना राहत रकम दुरुपयोग गरेर रकम असुली गर्नेहरु धमाधम अमेरिकाको न्याय विभागको निशानामा परेका छन् ।
यस्तै हिजो सोमबार मात्रै एक नेपाली मुलका डेन्टिस्ट डक्टर ४६ वर्षिय रन्जन राजवंशी झन्डै हाफ मिलियन कोरोना राहत सहायता रकम चोरीको अभियोगमा सोमबार दोषी ठहर भएका छन् ।
अमेरिकाको न्याय विभागका अनुसार क्यालिफोर्नियामा स्टार डेन्ट गुरुप चलाउने उनले ८ लाख ५० हजार डलर राहत लिएका थिए । अदालती दस्तावेजका अनुसार राजवंशीले राहत लिएको रकमको ५ लाख डलर अनुचित व्यक्तिगत खर्चमा प्रयोग गरिएको अमेरिकको न्याय विभागले जनाएको छ ।
सोमबार अदालतमा सुनुवाईको क्रममा उनले उक्त राहत अमेरिकी सरकारलाई फिर्ता गर्न सहमत रहेको बताइएको छ ।
तर पनि अब राजंवंशले अब अधिकत्तम १० वर्षको जेल सजायर अतिरिक्त २ लाख ५० हजार अमेरिकी डलर जरिवानाको सामना गनुृपर्नेछ । राजंशवशीलाइै अमेरिकी जिल्ला न्यायधिस आना डे अल्बाले डिसेम्बर ४ २०२३ मा सजाय सुनाउने मिति तय भएको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...