अमेरिकाको बासिगटन डिसि स्थित नेपाली राजदुताबासले अलपत्र परेका ती नेपाली महिलाको उद्धार गरेको छ ।
झन्डै एक महिना देखि नेपाली महिलाहरु सेरसाग तामांंग, तीर्थ लामा वाइबा र याग्जेन शेर्पाको उद्धार गरेको हो । उनिहरु क्यारेबियन मुलुक त्रिनिडाड टोबेगो आएपछि नेपाल फर्किने उडान रद्ध भएपछि पियार्को अन्तराष्टिय विमानस्थलमा अलपत्र परेको डिसी स्थित नेपाली दुताबासले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । नेपाल फर्किने टिकट रद्ध भएपछि उनिहरु विमानस्थलमै अलपत्र परेका थिए ।
उनिहरु मध्ये सेरसांग तामांगलाई हिजो सोमबार नेपाल पठाइएको छ । र उनी भोली नेपाल पुग्ने छिन् । त्यस्तै तीर्थ लामा र यांजेन शेर्पालाई बिहीबार नेपाल पठाइने दुताबासले जनाएको छ ।
नेपाली राजदुताबास डिसीले क्यारेबियन देशमा पर्यटन र तथा अन्य कामका लागी जादा भ्रमणको उद्धेश्य भिसाको श्रेणी सुनिश्ति गर्न अनुरोध गरेको छ ।
सम्बन्धित खवर
-
डलास, टेक्सास — अमेरिकाको ...
-
वाशिङ्टन डी.सी. — संघीय उड्डयन ...





















