अमेरिकामा एक भारतीय मुलक अडिटरले आफनो रोजगारताको २ दशमलव ७ मिलियन डलर हिनामिना गरेका छन् । ४१ व्र्षिय वरुण अग्रवाल उक्त आरोपमा दोषी ठहर भएका छन् ।
उनी क्यालिफोर्नियाको एउटा कर्मिशियल रियल स्टेटमा कार्यरत रहेका थिए । २००८ देखि उक्त कम्पनीमा काम गरेदेखि उनले आफनो पदको दुरुपयोग गदै रकम कुम्ल्याउदै आएका थिए । उनि उक्त कम्पनीमा डाइरेक्टरको पद सम्म पुगेका थिए । उनी माथि एक वायर ठगी धन्दामा दोषी ठहराइएको थियो । उनले बैकर्सलाई पैसा दिने भन्दै मालिकबाट पैसा लिन्थे र उक्त पैसा आफै राख्ने गरेको अमेरिकाको न्याय विभागले जनाएको छ । कम्पनीले पैसा चलानको जाच थालेपछि उनले कम्पनीबाट राजीनामा दिएका थिए । यो ठगीको जाच एफबिआइले गरेको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...