अमेरिकाको क्यालिफोर्नियामा फुटबल खेल हेरिरहेका माथि बन्दुक आक्रमण हुँदा चार जनाको ज्यान गएको छ । घटनामा ६ जना घाइते भएका छन् । बन्दुक आक्रमणकारी घटना घटाएर फरार भएका छन् । प्रहरीले आक्रमणकारीको खोजी तिव्र पारेको छ । लस एन्जल्सबाट ३ सय २० किमी दुरीमा रहेको फ्रेस्नोमा एक जना व्यक्तिको घर बाहिर फुटबल खेल हेरिरहेका माथि अन्धधुन्ध आक्रमण भएको हो ।
उक्त समयमा ३५ जना जुटेर फुटबल खेल हेरिरहेको फ्रेस्नो पुलिसका उपप्रमुख माइकल रिडले बताएका छन् । तीन जनाको घटनास्थलमा र एक जनाको अस्पतालमा मुत्यु भएको थियो । घटनामा के कति सामेल थिए भन्ने बारेमा आधिकारिकता बाहिर आएको छैन । तर प्रहरीले एक जनाले घटना घटाएको बताएको छ । घटना घटाउने अन्ँदाजी २५ देखि ३० वर्षको युवक भएको अनुमान गरिएको छ । प्रहरीले सिसिटिभी फुटेजका आधारमा आक्रमणकारीको खोजी गरिहेको छ ।
पछिल्लो पटक क्यालिफोर्नियमा एक पछि अर्को गदै गोलाबारीका घटनाहरु बढीरहेका छन् । यस अघि विद्यालयमा समेत बन्दुक आक्रमण भएको थियो ।

तस्वीर लसएनजल्स टाईम्स

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected