पुर्व राष्ट्रपति डेानाल्ड ट्रम्प भेाली एटलान्टामा आत्मसमर्पण गर्दै

अमेरिका-पुर्व राष्टपट्री डोनाल्ड ट्रम्पले भोली बिहीबार सरेन्डर अर्थात आत्मसमर्पण गदै छन् ।
उनका दुई सहयोगी पुर्व अधिवक्ता जोन इस्टम्यान सहित दुई सह प्रतिवादीले मंगलबार सरेन्डर गरिसकेका छन् । ट्रम्पले आफुलाई पक्राउ गराउने र २ लाख डलर बन्ड तिरेर रिहाइ हुने सम्झौता गर्नेछन् । ट्रम्पले आफनो सोसल मिडिया ट्रुथ सोसलमा लेख्दै भनेका छन् म बिहीबार एटलान्टा जर्जियामा गिरफतार हुन जादैछु, ।
ट्रम्प माथि २०२० मा जर्जियाको राष्ट्रपतिय निर्वाचनमाको परिणामलाई उल्टाउन खोजेको आरोपमा अभियोग दायर भएको हो । गत साता २०२० को निर्वाचनको परिणामलाई उल्टाउन खोजेको अभियोगमा डोनाल्ड ट्रम्प सहित उनका सहयोगी १८ जना विरुद्ध ४१ ऋपराधको मामलामा अभियोग लगाइएको छ । ट्रम्पलाई जिल्ला न्यायधिवक्ता फनी विल्स द्धारा यो चौथो अभियोग दर्ता गरिएको हो । उनै समक्ष ट्रम्प बिहिबार सरेन्डर गर्ने बताइएका् छ ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...