अमेरिका-कोभिडको समयमा बिजनेस लगायतका विभिन्न बहानामा अमेरिकी सरकारबाट लिएको कोरोना सहायता रकम अहिले धेरैका लागी गलपासो भएको छ । धेरै लोभले विलाभ बनाएको छ । हुन पनि धेरैले रकम लिएको दुरुपयोग गरेका छन् र जसमा केही नेपालीहरु पनि जोडिएका छन् । अहिले अमेरिकाको न्याय विभागले कोभिड, १९ राहत रकम दुरुपयोग भएको बारे तिव्र गतिमा अनुसन्धान गदै धेरैलाई अनुसन्धानको दायरमा ल्याएका छन् । यो अनुसन्धानमा केही नेपालीहरु पनि रहेका छन् र केही त कार्वाहीमा परिसकेका छन् ।
न्याय विभागले अहिले १.४ बिलियन डलर भन्दा बढी रकम जफत गरिसकेको छ । अमेरिकाको फेडलर कोर्टमा ३ हजार भन्दा बढीलाई कार्वाही गदैछ ।
बासिगटन पोष्टका अनुसार गएको तीन महिनामा मात्रै अमेरिकाको न्याय विभागले ३७१ जनालाई अभियोग लगाएकोमा ११७ जनालाई ८३६ मिलियन कोराना राहत सहायता दुरुपयोगमा कार्वाही गरेको छ । दोषी भएकाहरुको सम्पत्ति जफत देखि जरिवना तिराउने र जेल पठाउने काम न्याय विभागले गदै आएको छ ।
धेरै केशहरु कोरोना अनइमोलइमेन्ट इन्सुरेन्स बेनिफिट, पेचेक प्राटेक्सन प्रोग्राम आर्थिक क्षतिका कारण लिएको सहायतता लगायतका कार्यक्रम विरुद्ध
जालजाझी गरेको अभियोग रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected