अमेरिका-दक्षिण क्यालिफोर्नियाको ओरेन्ज काउन्टीको एउटा बाइकर बारमा सामुहिक बन्दुक हमला भएको छ ।
बुधबार साझ भएको उक्त हमलामा १० जना माथि बन्दुक हमला गरिएको आक्रमणकारी सहित पाच जनाको घटनास्थलमा मुत्यु भएको छ । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । दुई जना अत्यन्तै गंभीर रहेको प्रहरीले संचारमाध्यमलाई जानकारी दिएको छ ।
गोली हान्ने व्यक्ति पुर्व अमेरिकी रिटार्यड प्रहरी अधिकारी रहेको बताइएको छ । आक्रमणकारीको पनि मुत्यु भएको प्रहरीले जनाएको छ । समाजार स्रोतका अनुसार आफनी श्रीमति संग विवाद भएपछि उनले बारमा फायररिंग गरेको बताइन्छ । घटना भएको ठाउ मोटरसाइकल राइर्डसहरुको एउटा मनोरञ्जन स्थल रहेको थियो । प्रहरी र आक्रमणकारी बिच आम्नेसाम्ने भएको बताइन्छ । प्रहरी कार्वाहीमै उनी मारिएको हुन सक्ने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected