टेक्सस

नेपाली समाज टेक्सस अमेरिकाकै ठुलो नेपालीहरुको संस्था हो । नेपाली समाज टेक्सस अहिले स्थापनाको २५ वर्ष पुगेको छ । नेपाली समाज टेक्ससले अहिले आफनो २५ औ वर्ष गाठ विभिन्न कार्यक्रम गरि मनाउन लागीरहेको छ ।
यसका लागी अहिले संघका अध्यक्ष लगायतका पदाधिकारीहरु यसको गृहकार्यमा लागीरहेका छन् ।
यसै सन्दर्भमा नेपाली समाज टेक्ससको अगुवाईमा ब्लड डर्नश एशोसिएसन अफ अमेरिका र युलेस सिटीको सहकार्यमा पर्सि शनिवार टेक्ससको युलेश स्थित पब्लिक लाइब्रेरी बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

रक्तदान जीवनदान भन्ने नारा सहित आयोजना हुन लागेको उक्त कार्यक्रममा रक्तदान गर्न चाहने नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आव्हान गरिएको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लले युएसनेपाल पोष्टलाई बताउनु भएको छ । जीवन बचाउने यो अभियानमा तपाईहरु सहभागी भएर सहयोग गर्न सक्नुहुनेछ ।

विशेष गरि डिएफ डब्लु क्षेत्रमा रहेका नेपाली समुदायहरु ।
नेपाली समाज टेक्सस विशुद्ध सामाजिक संस्था हो । जसले टेक्ससमा मर्दा र पर्दाको सारथीको रुपमा नेपाली समुदायका लागी योगदान पुराउदै आएको छ । त्यस्तै स्मारिका प्रकाशन लगायत अन्य कार्यक्रम पनि गर्दैछ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected