अमेरिका-न्युयोर्कमा सहासी शेर्पाको जो चर्चा छ । जसले न्युयोर्कको लागडिया एयरपोर्ट परिसरमा आगोले दन्किरहेको ट्याक्सीको आगो आफनो ज्यानको समेत प्रवाह निभाए । उनको आट र सहासको अहिले चर्चा परिचर्चा भइरहेको छ ।

उनी हुन नेपालको सोलुखुम्बु स्थायी घर भएका ल्हाक्पा रिन्जी शेर्पा । जलिरहेको ट्याक्सी वरपर मानिसहरु त्रासले भागीरहेका थिए तर शेर्पा भने दन्ककेको मुस्लो सहितको आगो निभाउन खटिएका थिए । उनको यो अदम्य सहासका कारण त्यहा कुनै ठुलो मानवीय क्षति समेत हुन सकेन ।
एयरपोर्टको टर्मिनल बाहिर यात्रु प्रतिक्षामा रहेको पहेलो ट्याक्सीमा आगो लागेको थियो ।

न्युजर्सिमा बस्ने लाक्पा शेर्पाले हाम फालेर त्यो ट्याक्समा दन्केको आगो निभाए र कोह ीपनि घाइते हुन पाएनन । लाक्पा शेर्पाले शेयर गरेको भिडियोमा धेरैले उनलाई हिरो भन्दै जयजयकार गरेका छन् । बास्तवमा उनी हिरो मात्रै नभई ज्यानको प्रभाह नगरी त्या आट गर्ने एक सहासी बनेका छन् । उनको यो सहासलाई हामी सलुट गर्छो

 

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected