अमेरिकामै कामदार भिसामा आएर अमेरिकामै आतंकवादी हमलाको योजना बनाउने पाकिस्तानी डाक्टर फन्दामा
अमेरिका-अमेरिकामा एचवान वि भिसामा अमेरिका आएर काम गरिरहेका एक जना पाकिस्तानी डाक्टर आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस आइएस) संग सम्बन्ध राखेर अमेरिकामा नै आक्रमणको योजना रचीरहेका थिए ।
यही आरोपमा २१ वर्षिया डाक्टर मोहम्मद मसुदलाई १८ वर्षको जेल अमेरिकामा सुनाइएको छ ।
अदालती दस्तावेजका अनुसार मसुद पाकिस्तानमा एउटा लाइसेन्स प्राप्त मेडिकल डाक्टर रहेका थिए । र एचवान वी भिसा मार्फत मिनिसोटोको रोचेस्टरमा एउटा मेडिकल क्लिनकमा रिसर्च एशोसिएटको रुपमा काम गदै आएका थिए ।
उनी २०२० को सुरुवात देखि नै आइएस आइएस संग सम्पर्कमा रहेको बताइएको छ ।
उनले अघिल्लो वर्ष नै आफनो अपराध स्वीकार गरेका थिए । उनले आइएस नेतालाई अमेरिकामा आक्रमण गर्न का लागी अपिल गरेका थिए । उनले सिरियामा आइएसको तालिम लिन जान अमेरिकाबाट सिकागो देखि जोर्डन हुदै जानका लागी टिकट समेत काटेका थिए । तर जोर्डन सरकारले तत्कालिन समयमा कोरोनाका कारण सबै उडान रद्ध गरेका कारण उनी जान पाएनन । त्यसको केही महिनापछि उनी पक्राउ परेका थिए ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...