फलोरिडाको ज्याक्सनभिलमा बन्दुकधारीले बनाए अश्वेतहरु माथि निशाना, तीनको मुत्यु
अमेरिका-अमेरिकाको फलोरिडाको ज्याक्सनभिलमा रहेको डलर जनरल स्टोर मित्र एक बन्दुकधारीले अश्वेत समुदायलाई लक्ष्ति गरि बन्दुक हमला गरेका छन् ।
उक्त हमलामा तीन अश्वेत व्यक्तिको ज्यान गएको छ । उनिहरुको हत्या पछि उनले स्वयं आफुले आफुलाई गोली हानी आत्महत्या गरेको बताइन्छ । मुत्यु हुनेमा एक महिला र दुई पुरुष सामेल रहेका छन् । उनले बन्दुक चलाउनु अघि आफुले सबैलाई मार्न चाहिरहेको बताएका थिए ।
आज शनिवार भएको उक्त घटनामा आक्रमण गर्ने २० वर्षिय श्वेत युवक भएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । घटना जातिय घृणाको मनसायले उक्त युवकले गोली चलाएको बताइएको छ । उनले अश्वेत समुदाय माथि घृणाको भावले बन्दुक हमला गरेको प्रारभ्मिक अध्ययनमा खुलेको छ ।
प्रहरीले समेत यो हमला जातिय घृणाको मनसायले प्रेरित रहेको बताएको छ । ति आक्रमण युवक आफनै माता पिता संगै दक्षिण ज्याक्सनभिलमा बस्दै आएका थिए ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...