अमेरिका-अमेरिका राष्ट्रिय स्वतन्त्र पार्टिका नेता तथा अर्थविद् डा स्वर्णिम बाग्ले यतिबेला अमेरिकामा छन् । खास गरि उनी हार्भड र स्टानफर्ड विश्वविद्यालयमा केही प्राज्ञिक कामको सिलसिलामा अमेरिका आइपुगेका छन् ।


२४ वर्ष अघि आफैले पढेको हार्भड विश्वविद्यालयको एउटा कार्यक्रममा उनी सहभागी भएका छन् । उनले हार्भड तथा म्यासाचुसेटस इन्स्टिच्युट अफटेक्नोलोजीमा पढीरहेका नेपाली विद्यार्थीहरु संग अन्तक्रियामा सहभागी भएका छन् ।
बिगतमा आफुले जस्तै अहिले यी युवाहरुले सुरु गर्न लागेको स्नातकोत्तर अध्ययन गर्न उनिहरुसंग रोचक अन्तक्रिया भएको बताएका छन् । त्यसै गरि उनी न्युयोर्कमा रहेका नेपाली पेशाकर्मिहरु संग पनि अन्तक्रियामा सहभागी भए । अमेरिका आएपछि उनको पहिलो कार्यक्रम नै नेपाली पेशाकर्मिहरु संग न्युयोर्कमा रहेको थियो । न्युयोर्कमा उनले आइटी र फाइनान्स देखि चिया निर्यात र मानव अधिकारको क्षेत्रमा क्रियाशिल युवाहरु संग छलफल र कुराकानी गरेका थिए ।


अमेरिकामा उनिहरु विभिन्न राज्यमा नेपाली शुभचिन्तकहरु संग विशेष भेटघाट गदैछन् । न्युयोर्क बोस्टन पछि उनी सानफ्रान्सिसको सियाटल, बाल्टीमोर, बासिगटन लगायतका अमेरिकी राज्यहरुमा पुग्ने कार्यक्रम रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected