ओक्लोहामाको बाल्मार्ट सेन्टरको पार्किङ स्थलमा बन्दुक आक्रमणमा तीन मारिए

टेक्सस नजिकैको ओक्लोहामा राज्यको वाल्मार्ट सेन्टरको पार्किङ स्थलमा भएको बन्दुक हमलामा तीन जनाको मुत्यु भएको छ ।
सोमबार बिहान भएको डंकनमा रहेको वालमार्ट सेन्टरमा भएको घटनामा आक्रमणकारीले कारमा रहेका दुई जना माथि गोली प्रहार गरेका थिए ।
घटना बिहान ९.३० बजे भएकाे हाे । कारमा रहेका दुई जनाको मुत्यु भएको थियो भने आक्रमणकारीले आफुलाई पनि गोली हानेका थिए । कार भित्र एक महिला र पुरुष थिए ।
घटनामा आक्रमणकारी पनि मारिएका छन् । कार बाहिर रहेका बन्दुकधारी पुरुष र कार भित्र रहेका दुई जना बीच विवाद भएपछि घटना भएको बताईन्छ । आक्रमणकारीले दुई जनाका ज्यान लिएपछि आफुलाई पनि बन्दुक हानेर आत्महत्या गरेका थिए । ओक्लोहोमा सिटीबाट १२९ किमीको दुरीमा रहेको वाल्मार्ट सेन्टरमा उक्त घटना भएको हो । दुई जनाको कार भित्र र आक्रमणकारीका कार बाहिर मृत शरीर भेटिइको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...