केा बन्ला २०२४ मा बाईडेन कि ट्रम्प अमेरिकी राष्ट्रपति ?
अमेरिका-अमेरिकाको २०२४ मा जो बाइडेन या डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति ? अहिले यही तातो बहस भइरहेको छ । अमेरिकी जनताले कसलाई चुन्लान त ? को छ बाइडेन या ट्रम्प जनता माझ रोजाइमा ? आउनुहोस यो सर्वेक्षणले ठुलो खुलासा गरेको छ ।
अघिल्लो वर्ष हुने राष्ट्रपतिको निर्वाचनको चहलपहल अहिले अमेरिकामा निकै बढेको छ । फेरि पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा उर्तिने तयारीमा छन् भने वर्तमान राष्ट्रपति जो बाइडेन पनि अगाडी देखिएका छन् ।
एसोसिएट प्रेस, एनओरआसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको सर्वेक्षण अनुसार अधिकांशले बाइडेन नै २०२४ का लागी राष्ट्रपतिमा कायम हुन सक्ने तर्फ ध्यान केन्द्रित गरेका छन् ।
८० प्रतिशतले बाइडेनको ढल्दो उमेरलाई लिएर पनि उमेरकै कारण कार्यक्षमतामा कुनै असर नपर्ने भन्दै आश्वास्त पारेका छन् । त्यस्तै ७७ प्रतिशतले उमेरका कारण अगाडीको चार वर्षका लागी उति प्रभावकारी नहुने बताएका छन् ।
भलै रिपब्लिकन पार्टिका ८९ प्रतिशत समर्थक तथा डेमाक्रेटका ६९ प्रतिशतका समर्थकको पनि यही उमेर हदका कारण नया कार्यकालका लागी प्रभाव नहुने बताउछन् ।
अमेरिकी मतदाता अहिले नया अनुहार चाही रहेका छन् । अमेरिकाका आधा व्यस्क आवधीले समेत अव डोनाल्ड ट्रम्प राष्ट्रपति पद समाल्हन धेरै उमेर भइसकेको बताएका छन् ।
धेरैको चाहना छ ट्रम्प र बाइडेन दुबै राष्ट्रपति पदको उम्मेदवारबाट हटुन भन्ने । धेरै विश्लेषकहरुले पनि ट्रम्प र बाइडेनको विकल्प नया युवालाई अघिल्लो राष्ट्रपतिय निर्वाचनमा मौका दिनुपर्ने बताएका छन् ।