आइफोन १५ सेप्टेम्बर १२ मा लन्च हुदै, यस्ता नया नया फिचर मा आउदै
अमेरिका -तपाईहरु आइफोन १५ को प्रतिक्षामा हुनुहुन्छ भने अव लामो समय कुर्नु पदैन । एप्पल कम्पनीले आफनो नया आइफोन १५ लन्च गर्ने मिति यही सेप्टेम्बर १२ मा गर्ने पृष्टि गरेको छ ।
आइफोन लन्चिग इमेन्ट तपाईले एप्पलको अफिसियल युटयुब च्यानलबाट हेर्न सक्नुहुनेछ । आइफोन १५ खासी गरी १५ पल्स, १५ प्रो र १५ प्रो मेक्स को रुपमा आउनेछ ।
यो पटक आइफोन १५ निकै अपग्रेड सहित नया -नया फिचरहरु सहित आउदैछ । आउने नया आइफोन १५ मा ६ दशमलव १ इन्चको डिस्पले तथा बिगतको भन्दा नया प्रेासेसर उपलब्ध हुनेछ । यसका साथै ४९ मेगापिक्सल इमेज तथा सेन्सर खालको डियुल क्यामेरो सेटअप डिजाइन हुन सक्नेछ । त्यस्तै विशेष खालको बेटरी ब्याकअप हुन सक्ने बताइएको छ । त्यस्तै विशेष खालको आइओएस सफटवेयर अपडेट दिइनेछ ।
१५ प्रो मेक्समा नया कलर जस्तै निलो, सिल्भर ग्रे र कालोमा आउने सक्ने बताइएको छ । त्यस्तै १५ प्रो मेक्स ८ के भिडियो रेकर्डीडको फिचर सहित आउनेछ ।
आइफेा १५ र आइफोन १५ पल्स आइफोन १४ र आइफोन १४ पल्स उस्तै मुल्य हुने अनुमान छ भने आइफोन १५ प्रो र आइफोन १५ प्रोमेक्स आइफोन १४ प्रो र आइफोन १४ प्रो मेक्सको तुलनामा मंहगो हुनेछ ।
आइफोन १५ प्रोमेक्सको मुल्य १४ प्रोमेक्सको तुलनामा २ सय डलर मंहगो हुने अनुमान अर्थात १३ सय डलर सम्म पर्न आउनेछ ।
त्यस्तै आइफोन १५ प्रोको मुल्य झन्डै ११ सय डलर पर्न आउनेछ । त्यस्तै आइफोन १५ र १५ पल्सको ७९९ र ८९९ डलर मुल्य पर्ने अड्कल काटिएको छ ,
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...